८ जना पदाधिकारीसहित ५६ पदका लागि मतदान भइरहेकाे छ । ती पदका लागि पूर्व भाैतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर र कैलालीका पूर्वजिविस सभापित नारायण मिश्र प्यानलसहित उम्मेदवारी दिएका छन् ।
दुवै प्यानलबाट एक सय ७९ जनाकाे उम्मेदवारी परेकाे छ भने भूगाेलतर्फ तीन जना सदस्य निर्विरोध चयन भएका छन् ।
कैलालीबाट पुष्पा भट्ट, डडेल्धुराबाट तिलकराज जाेशी र निर्मला बाेगटी सर्वसम्मत चयन भएका हुन् ।
