मतपत्रमा इलामबाट सदस्यमा उठेका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम छुटेको थियो । नेपालीले दलित कोटाबाट, खड्कीले भूगोल खुलाबाट र शान्तिकलाले महिला खुलाबाट मनोनयन दर्ता गरेका थिए । उम्मेदवारको नाम छुटेपछि उम्मेदवारहरुले विरोध गरेका थिए । विरोधपछि मतदान रोकिएको हो । नाम समावेश गर्ने सहमति भएको उम्मेदवार खड्कीले बताए ।
नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतर पक्षबाट गुरूराज घिमिरेले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

