Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीमा काँग्रेस अधिवेशन : निर्वाचन स्थलबाट हटाइयो चुनावी प्रचारका सामग्री, सुरक्षा व्यवस्थामा कडाइ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 5.7K
    SHARES

नेपाली काँग्रेस बागमती प्रदेशको नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज केहीबेरमा मतदान सुरु हुने प्रदेश निर्वाचन समितिका निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले जानकारी दिए ।

बिहान १० बजेबाट मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको भएपनि मतपत्र छपाई लगायतका काम भइरहेकाले मतदानमा केही समय ढिलो हुने उनले बताए । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि)को खेल मैदानमा मतदानस्थल निर्माण गरिएको छ । मतदानलाई छिटो र सहज बनाउनका लागि १० वटा मतदान कक्ष निर्माण गरि सञ्चालनमा ल्याइएको उनले बताए ।

  • निर्वाचन स्थलबाट हटाइयो चुनावी प्रचारका सामग्री

निर्वाचन समितिले निर्वाचनस्थल वरपर राखिएका उम्मेदवार हरुको चुनावी प्रचार सामग्रीहरु हटाएको छ । निर्वाचन स्थलको मुलगेटबाट मतदान स्थलसम्म राखिएका उम्मेदवारहरुको चुनावी प्रचारप्रसारका सामाग्रीहरु हटाइएको हो । निर्वाचन स्थल वरपर रहेका निर्वाचान आचारसंहिता विपरितका कार्य गर्न र पर्चा तथा व्यानर राख्न नपाइने निर्वाचन अधिकृत काफ्लेले बताए ।

  • सुरक्षा व्यवस्थामा कडाई

निर्वाचन कार्यक्रम प्रभावित नहोस् भन्ने उद्देश्यले निर्वाचनस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनस्थलको सुरक्षार्थ प्रहरी नायव उपरिक्षकको कमाण्डमा करिब २ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले सुरक्षाको कमाण्ड लिएका छन् । करिब १ सय ९० नेपाल प्रहरी र सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ६० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । मतदानस्थल, निर्वाचन कार्यालय र हेटौंडा बजार क्षेत्रमा पनि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ भने ट्राफिक व्यवस्थापनका लागि बाक्लो मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।अधिवेशनले ८ पदाधिकारीसहित ९१ सदस्यीय समिति छनौट गर्नेछ । प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।

 

अधिवेशनमा १ हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश अधिवेशन प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी २ हजार १३७ जनाले मतदानमा सहभागि हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४