नको कपाल र जुत्ताको पनि केही भाग डढेको थियो । ‘उही सुत्ने स्थानमा अर्को व्यक्तिको शव भेटिएपछि स्वभाविक रुपमा शंका लाग्ने भइहाल्यो’ महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ भन्छन्, ‘नभन्दै उनैले अर्को व्यक्तिको हत्या गरेको भेटिएको छ ।’
प्रहरीका अनुसार शर्मामाथि सोधपुछ गर्ने क्रममा त्यहाँ बरामद भएको शव काभ्रे घर भएका ७६ वर्षीय टेपबहादुर भनिने हर्कबहादुर बायिनयाँको भएको खुलेको छ । र, उनको हत्यामा शर्माको संलग्नता पुष्टि भएको प्रहरी दाबी छ ।
पैसा चोर्ने योजना, थाहा पाएपछि हत्या
खापुङका अनुसार वृद्धभत्ता पाउने भएकाले बानियाँसँग पैसा भइराख्थ्यो । केही दिनअघि मलेसियाबाट फर्किएका भतिज पनि आएर उनीसँग भिडियो बनाएकाले अरु पैसा पनि हुनसक्ने आशंकामा शर्माले चोर्ने योजना बनाएका थिए ।
‘योजना अनुसार आफू सुत्ने ठाउँ रक्सी खुवाएर लठ्याएर गोजीबाट पैसा निकाल्न खोजेका रहेछन्’ खापुङले भने, ‘बानियाँ ब्यूँझिएपछि विवाद भयो र हिर्काएर हत्या गरेको देखिएको छ ।’
घटनाबारे थाहा नहोस् भनेर त्यहीँ रहेको कपडाहरुमा शवलाई जलाएको देखिएको खापुङ बताउँछन् । थप अनुसन्धान जारी छ ।