Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नेपाली काँग्रेसको राजनीतिमा केन्द्रीय सदस्यको बलियो दाबेदार खड्का”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १६ २०७८
  • 10.8K
    SHARES

हिजो राजनीति भन्दा नाक खुम्चाउने र ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने युवा अहिले राजनीतिमा चाख राख्न थालेका छन् । राज्यको नीति नै राजनीति भन्ने बुझेर यसैबाट देशको भविष्य कोर्ने सङ्कल्पसहित नेतृत्वको होडबाजीमा लागेका युवाले नेपाली राजनीतिमा नयाँ आशाको सञ्चार गराएको छ । दलहरूले महाधिवेशनबाट नेतृत्व चयनको अभ्यास थालेसँगै यसमा युवा पङ्क्तिको आकंक्षा निक्कै देखिएको छ । काँग्रेसको जारी वडा अधिवेशनदेखि एमालेको केन्द्रीय महाधिवेशनसम्म नेतृत्वमा युवा हस्तक्षेप बढेको छ ।
यिनै युवाहरूको प्रतिनिधित्व गर्ने एक पात्र हुन रामेछापकी बिनिता खड्का । अघिल्लो पटक १९ वर्षमा सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधिको रूपमा चुनिएकी खड्का दोस्रो पटक नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बनिन् ।

त्यति बेला कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएकी आफूलाई केन्द्रीय नेतृत्वमा उभ्याउने योजना थियो । पार्टीको विद्धानमा केन्द्रीय सदस्यका लागि १५ वर्षको क्रियाशील सदस्यता हुनुपर्ने व्यवस्थाले यो सपना पुरा हुन सकेन । तर, यस पटक भने आफूलाई आम प्रतिनिधिको साथ मिल्ने बिनिताको विश्वास छ ।

विद्यालय तह देखिनै नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेकी बिनिता खडका आफूलाई परिवारबाटै राजनीतिमा आउने प्रेरणा मिलेको बताउँछिन् । रामेछापको राजनीतिमा स्थापित परिवार, छोरी राजनीतिमा आओस् र देशका निम्ति खास केही गरोस् भन्ने चाहन्थ्यो । यसका लागि आफ्नै बुवा र माइलो बुवा बद्री बहादुर खड्काले सानै उमेरकी बिनिताका लागि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुने बाटो बनाइदिए । त्यही बाटोमा हिडदै जाँदा आज बिनिता खडका केन्द्रीय राजनीतिको हस्तक्षेपकारी भूमिकामा आई पुगेकी छन् ।

नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्याय पार्टी नेपाली काँग्रेस यति बेला इतिहासकै कठिन क्षणमा उभिएको छ । पार्टीभित्र जारी अन्तर्विरोधको सम्बोधनसँगै जारी विवाद कटुताको अन्त्य गर्न सुझबुझसहितको युवा नेतृत्वको खाँचो छ । कमजोर नेतृत्वका कारण नेपाली काँग्रेस र लोकतन्त्रको भविष्यमाथिनै बेलाबेलामा प्रश्न खडा हुने गरेका छन्। यस्तो अवस्थामा लोकतन्त्रको मियो पार्टी काँग्रेसले जनतालाई भरोसा दिलाउनका लागि पनि युवाहरू आफैँ नेतृत्व लिन अघि बढ्नुपर्ने अपरिहार्य देखिएको उनको बुझाई छ ।

राजनीतिमा लागेर यसैबाट अर्थोपार्जन गर्ने गलत परिपाटीले यो क्षेत्रमा विकृति बढेको बिनिताको ठम्याई छ । यसका लागि राजनीतिलाई सामाजिक सेवाका रूपमा स्थापित गर्नुपर्छ भन्ने उनको मान्यता हो।
नेपालको राजनीतिमा लाग्नेहरूले यसलाई सेवाका रूपमा भन्दा पेसाका रूपमा लिने भएकाले विभिन्न आर्थिक अनियमितताका घटनामा संलग्न हुनुपर्ने बाध्यता आउँछ । यसले जनताको विश्वासमा समस्या पैदा हुने गरेको बुझेकी बिनिता आफूलाई राजनीतिसँगै अन्य पेसा व्यवसायमा स्थापित गर्नुपर्ने बुझेर सानै उमेरमा झन्डै दर्जन बढी व्यवसायमा हात हालिसकेकी छन् । इमानदारिता र लगाव हुने हो भने आफूले हात हालेका जुनसुकै क्षेत्रमा सफलता हात पार्न सकिन्छ । यसैलाई आत्मसाथ गदै अघि बढ्दा खडकाको लगानीमा सञ्चालित हरेक व्यवसायले सेवासँगै राम्रो मुनाफा दिन थालिसकेका छन् ।


बिनिता भन्छिन् ः हामीकहाँ राजनीतिलाई पेसा ठान्नेहरूका कारण उनीहरूप्रतिको सामाजिक बुझाई र हेराई सकारात्मक छैन। त्यस कारण राजनीतिप्रतिको उदासीनता एवं शिथिलता हटाई नयाँ ऊर्जा, नयाँ जोस र नयाँ जागरका साथ युवापुस्तालाई अघि बढाउनु आजको प्रमुख आवश्यकता हो। त्यस्तो नेतृत्वले मात्र नागरिकका हक, अधिकार स्थापित गर्न सक्छ। नागरिकका पक्षमा आफूलाई उभ्याउन सक्छ। त्यस्तो नेतृत्वले पानीको फोका जस्तो तत्काल हराउँदैन। नागरिक अधिकारका पक्षमा अनवरत सङ्घर्ष गर्दछ।Open photo

यसका साथै कार्यकर्ताको भावना बुझ्ने सक्ने पनि हुनुपर्दछ। कुनै पनि व्यक्ति आफैमा केही होइन। सामूहिकतामा विश्वास गर्ने र एकताका साथ अगाडि बढ्नु नै नेतृत्वको प्रमुख गुण हो। त्यस्तो नेतृत्वले सबैको विश्वास आर्जन पनि गर्न सक्छ।

जुन देशले युवालाई आफ्नो मुलुकको विकासमा उपयोग गर्छ, त्यस देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ ।
राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकतन्त्र बलियो हुन्छ । विकासका विभिन्न मुद्दामा युवाहरूको विशेष प्रभाव र भूमिका रहन्छ । साथै, युवाको उपस्थितिले राजनीतिक स्थितिहरूमा पुरातन वादी मनोवृत्ति परिवर्तन गर्न सक्छन् ।

युवाहरूलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान एवं सार्थक सहभागिता आजको आवश्यकता हो । आसन्न नेपाली काँग्रेसको महाधिवेशनले बिनिता खड्काजस्ता जुझारु, विवेकशील र तत्पर युवाहरूलाई राजनीतिको मूलधारमा ल्याउने र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका तयार पार्न सफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४