Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कमल थापालाई लिङ्देनको आग्रह : समयको पदचापलाई बुझ्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्ने बेला आएको बताएका छन् ।

बुधबार पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले नेतृत्वको चर्को आलोचना गरे । अघिल्लो महाधिवेशनमा प्रमुख तीन दलबीच राप्रपालाई कसले नजिक राख्ने भनेर प्रतिस्पर्धा चलेको स्मरण गर्दै उनले भने, ‘तर हामीले एकता जोगाउन सकेनौं मात्र होइन, पछिल्लो दुई वर्षमा महाधिवेशनका लागि चलमलाएको बाहेक पार्टी वेपत्ता अवस्थामा छ ।’

पछिल्लो २ वर्षमा पार्टी जसरी चल्यो, त्यसरी चल्ने हो भने पार्टीले बोकेको मुद्दा नै रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको लिङ्देनले बताए । अध्यक्षका उम्मेदवार लिङ्देनले भने, ‘यही शैलीमा अगाडि बढ्ने हो भने समाप्त हुन्छ त भन्दिन, तर कसरी ३० प्रतिशत कटाउने र अरु पार्टीहरुसँग मिलेर २/४ सिट जित्ने भन्नेमा केन्द्रित हुन्छौं ।’

केही सिट जितेर अरु केही मान्छेलाई मन्त्री बनाउन सकेपनि राप्रपा राजसंस्था पुनर्स्थापना गर्ने पार्टी बन्न नसक्ने उनले बताए ।

अध्यक्षको उम्मेदवार नबन्ने अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको निर्णयको स्वागत गर्दै उनले फेरि अध्यक्षमा दोहोरिन चाहेका कमल थापालाई पनि कार्यकारिणी भूमिका दाबी नगर्न आग्रह गरेका छन् ।

मुद्दा जीवित राख्न पनि समान विचार राख्ने समूह, पार्टी र धार्मिक क्षेत्रलाई पनि समेटेर अगाडि बढ्नुपर्ने भन्दै लिङदेनले भने, ‘हिजो अध्यक्षद्वयले आफ्नो राजनीतिक जीवनको सर्वोत्तम दिन निर्माण गर्नुभएको छ । यही कुरा अर्का अध्यक्षलाई पनि आग्रह गर्न चाहन्छु । समयको पदचापलाई बुझ्नुस् र अगाडि बढ्ने निकास निकाल्नुस् ।’

उनले अघि भने, ‘तपाईंहरु काम नलाग्ने हुनुभयो, फेल हुनुभयो हामीले भनेकै छैन । तपाईंहरुको भूमिका अझै पनि चाहिन्छ, तर एकचोटी कार्यकारिणी भूमिका फेरेर हेर्नुपर्‍यो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४