Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रवादीले राजा, देउता, धर्म र कर्म मानेर राजनीति गर्छ : सीपी मैनाली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले राजा, देउवा, धर्म र कर्म मानेर राजनीति गर्ने मात्र राष्ट्रवादी हुने बताउनुभएको छ ।

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा सम्बोधन गर्दै महासचिव मैनालीले देशमा चारवटा प्रवृत्ति हावी भएको उल्लेख गर्दै राजा, देउता, धर्म र कर्म मानेर राजनीतिक गर्ने मात्र सच्चा राष्ट्रवादी भएको बताउनुभयो ।

‘राष्ट्रवादी त्यो हो जसले राजा, देउता, धर्म, कर्म मानेर राजनीतिक गर्छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रवाद राजनीति चारवटा प्रवृत्ति हावी भएको छ, त्यसभित्र देशभक्त र विदेशभक्तहरु पनि छन् ।’

महासचिव मैनालीले विदेशीहरुको हस्तक्षेपलाई राजा महेन्द्रले २०११ सालमा तुहाइदिए पनि २०४६ र २०६३ सालको आन्दोलनले अवान्छित बाह्य हस्तक्षेप भित्र्याएको आरोप लगाउनुभयो ।

‘२०४६ र २०६३ सालपछि नेपालमा अवान्छित बाह्य हस्तक्षेप भित्रियो,’ उहाँले भन्नुभयो, ‘२०४६ सालमा प्रजातन्त्रको बुइ चढेर आएको भारतीय र युरोपेली प्रभाव नेपालमा भित्रियो ।’

राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उहाँले महेन्द्रले विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको तर्क गर्नुभयो ।

‘नेपाललाई भारतमा गाब्न रोकेको र नेपाललाई भुटान हुनबाट जोगाउने काम राजा महेन्द्रले गरेका हुन्,’ उहाँले भन्नुभयो, ‘१० सालमा विधान सभा पास भएको भए नेपाल सिक्किमझैँ भारतमा गाभिन्थ्यो ।’

यद्यपि मैनालीले २०१७ साल पुस १ गते गरेको ‘कू’को भने विरोध गर्नुभएको छ । उहाँले उक्त ‘कू’लाई दक्षिणपन्थी राष्ट्रवादको संज्ञा दिनुभयो ।

मैनालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले जनगणतन्त्र ल्याउन नसकेकोमा कुनै पनि ग्लानी र पश्चाताप नभएकोमा आश्चर्य व्यक्त गर्नुभयो ।

माओवादीले भनेको क्रान्तिपछि देशमा विदेशी हस्तक्षेप झन् धेरै बढेर गएकाले इतिहासको समीक्षा गर्ने बेला भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४