Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन।

‘कोभिड- १९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं,’उनले भने, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’

नले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूआत भएको बताएका छन् । मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै उनले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताए ।

नेपाललाई अल्पविकसित राष्ट्रबाट विकाससील मुलुकमा स्तरोन्नति गर्ने निर्णय हालै संयुक्त राष्ट्रसंघको महासभाले गरेको भन्दै उनले लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको लघुताभाषबाट मुक्ति पाउन स्तरोन्नतिको निर्णय महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४