Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाको गोलमा इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–० ले पराजित गरेको हो ।

खेलको २१ औं मिनेटमा डिजान कुलुसेभ्स्कीको पासमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जर्जियो चिलियनीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि ७० औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । यस्तै, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डिबालाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनले बाहिर प्रहार गरे ।

जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडर सातौं स्थानमा यथावत रहेको छ । पराजित सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४