Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन समितिलाई तत्काल पूर्णता दिन निधिको माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय निर्वाचन समितिमा तत्काल एक जना मनोनित गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय निर्वाचन समितिको संयोजकबाट वरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएपछि समिति हाल निर्वाचन समिति ४ सदस्यीय छ । कांग्रेसको विधानमा निर्वाचन समिति ५ सदस्यीय हुनैपर्ने व्यवस्था रहेको भन्दै निधिले ५ सदस्यीय समिति नभए निर्वाचनको वैधतामाथि प्रश्न उठ्ने बताएका हुन् ।

निधिले प्रदेश अधिवेशनअघि नै निर्वाचन समितिलाई पूर्णता दिनुपर्ने बताए । ‘बाँकी अधिवेशन र निर्वाचन गराउन चार जनाले मात्र हुँदैन, नकारात्मक सन्देश जान्छ । ५ जनाको निर्वाचन समितिले तलदेखि माथिसम्मको निर्वाचन गरायो भन्दा राम्रो सन्देश जान्छ’ उनले भने ।

उनले राजीनामा दिएका यादवलाई राजीनामा फिर्ता गराउन लगाउनुपर्ने वा अर्को मान्छे नियुक्त गर्नुपर्ने बताए ।

निर्वाचन समितिका संयोजक यादवले हतारमा राजीनामा दिएको भन्दै निधिले राजीनामा स्वीकृत पनि हतारमै भएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४