Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डडेल्धुराका नेता कार्यकर्ताको सानेपाको अनशन स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् ।

उनीहरुले मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका हुन् । डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स्थगित गरेको जानकारी दिए ।

जिल्लाबाट पठाएका क्रियाशील सदस्यको नाम हटाएर र केन्द्रबाट आफुखुशी नाम थपेर वडा अधिवेशन गर्न लागिएको भन्दै कांग्रेसको जिल्ला समितिले भदौ २२ गतेको वडा अधिवेशन स्थगित गरेको थियो । तर जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले अधिवेशन अघि बढाएका थिए । हाल डडेल्धुरामा स्थानीय तहको र जिल्ला अधिवेशनसमेत सम्पन्न भइसकेको छ ।

सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको जिल्ला अधिवेशनलाई मान्यता दिने निर्णय गरेको थियो । जिल्ला सभापति मल्लले निर्वाचन समितिले प्रमाणको बेवास्ता गर्दै विवेक बन्धक राखेर निर्णय गरेको बताए ।

‘निर्वाचन समिति मालिकप्रति इमान्दार हुने सेवकजस्तै भयो’ जिल्ला सभापति मल्लले भने, ‘विवेक बन्धक राखेर चाकरजस्तै भएर दिएको निर्णय स्वीकार्य हुँदैन ।’

उपसभापति विमलेन्द्र निधिले डडेल्धुराको नेता कार्यकर्ताको मागप्रति आफ्नो ऐक्यवद्धता रहेको बताए । पार्टी विधान र निर्वाचन निर्देशिकामा कुनै पनि तहको निर्वाचन गराउँदा सम्बन्धित तहको समितिको सहमतिमा गर्नुपर्ने व्यवस्थ भए पनि बाइपास गर्नु गम्भीर भएको उनको भनाइ छ ।

यसअघि पनि आफूले डडेल्धुरामा पुनः अधिवेशन गर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेको निधिले बताए । उनले डडेल्धुराका नेता कार्यकर्ताले आफ्नो माग शालीन र मर्यादित ढंगले राखेको भन्दै धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४