Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको ५७ जिल्लामा सभापति चुनिए, कुन जिल्लामा कुन पक्षका ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबारसम्म ५७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन सम्पन्न भएका जिल्लामा वडा, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई जिल्ला कार्यसमिति चयन भएको हो ।

प्रदेश दुईका आठ जिल्लासहित २० जिल्लामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुनुअघि निर्वाचन हुन बाँकीमध्ये आधा जिल्लाको अधिवेशन सम्पन्न हुनेछ ।

केही जिल्लाहरुले प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने तयारी गरेका छन् । मोरङमा सोमबार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा सभापतिको निर्वाचन हुँदैछ ।

५७ जिल्लामा नयाँ नेतृत्व चयन भइसक्दा संस्थापन समूह बलियो अवस्थामा देखिएको छ । संस्थापन पक्षले २९ जिल्लामा नेतृत्व हात पारेको दावी गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २६ जिल्लामा सभापति जितेको छ भने कांग्रेसभित्र तेस्रो धारका रुपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले २ जिल्लामा जित हात पारेको छ ।

संस्थापन समूहबाट जिल्ला सभापति निर्वाचित हुनेहरु

१. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप
४. ऐनबहादुर शाही, मुगु
५. खडक बोहरा, बझाङ
६. खमबहादुर गर्बुजा, म्याग्दी
७. शंकर गुरुङ, मनाङ
८. केशरबहादुर विष्ट, सल्यान
९. दीपेन्द्र शाही, डोल्पा
१०. भीमबहादुर साउद, डडेल्धुरा
११. कर्णबहादु शाही, जुम्ला
१२. बेदराज सिंह, जाजरकोट
१३. रुपनारायण जवेगु, पाँचथर
१४. डा. टकबहादुर गुरुङ, लमजुङ
१५. नरेन्द्रबहादुर सिंह, डोटी
१६. तेजेन्द्र खनाल, ओखलढुंगा
१७. युवराज जोशी, पर्वत
१८. किशोरदत्त बराल, कास्की
१९. डम्बर खड्का, इलाम
२०. रामकृण खाण, रुपन्देही
२१. प्रेमप्रकाश वली, रुकुम पश्चिम
२२. जितेन्द्र श्रेष्ठ, ललितपुर
२३. तीर्थ लामा, काभ्रे
२४.पदम बोगटी, कञ्चनपुर
२५. खड्क पोखरेल, सुर्खेत
२६. जीतप्रकाश आले, तनहुँ
२७. हिमाल कार्की, उदयपुर
२८. दुर्लभ थापा, भक्तपुर
२९ अरुण प्रकाश सिंह राठौर, बर्दिया

संस्थापनइतर समूहबाट सभापतिमा निर्वाचित हुनेहरु

१. दीपक खड्का, संखुवासभा
२. अम्मबहादुर शाही, कालीकोट
३. बर्मा लामा, दोलखा देउवा
४. रोमीगौचन, मुस्ताङ
५. शंकर डाँगी, दाङ
६. नन्दप्रसाद न्यौपाने, गोरखा
७. रामसिंह रावल, बाजुरा
८. केशव श्रेष्ठ, अर्घाखाँची
९. विष्णुकुमार गिरी, प्यूठान
१०. चतुरबहादुर चन्द, बैतडी
११. विनोद बान्तवा, भोजपुर
१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम
१३. किशोर आचार्य, रोल्पा
१४. विष्णुकुमार राई, खोटाङ
१५. ललितसिंह बोहरा, दार्चुला
१६. राजु थापा स्याङ्जा
१७. हिमालदत्त श्रेष्ठ, पाल्पा
१८. अर्जुनकुमार पोखरेल, पश्चिम नवलपरासी
१९. मणिराम रेग्मी, दैलेख
२०. अब्दुलकलाम, कपिलबस्तु
२१. केदार भण्डारी, सुनसरी
२२. रमेश महत, नुवाकोट
२३. कृष्ण बानियाँ (सबुज), काठमाडौं
२४. रामनाथ अधिकारी, धादिङ
२५. खिलध्वजपन्थी, गुल्मी
२६. केशरमान रोका, रुकुमपूर्व

सिटौला समूह

१. देउमान थेवे, झापा
२. जित शेरचन, बाग्लुङ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४