Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशन लम्बिदा थप डेढ करोड बढी खर्च


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 3.3K
    SHARES

चितवन । १० औं राष्ट्रिय महाधिवेशन लम्बिंदा निर्धारित बजेटभन्दा करिब डेढ करोड खर्च बढेको एमालेले जनाएको छ ।

चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा दुई दिन बढी लम्बिएको छ ।

नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले  महाधिवेशन लम्बिंदा एक-डेढ करोड खर्च बढेको बताए । उनले भने, ‘यो अलि अप्रत्यासित भयो वास्तवमा । हामीले जति टार्गेट गरेका थियौं निर्वाचन गर्नुपर्नाको कारणले अलि बढी खर्च बढाएको छ । पार्टीको अलि राम्रै रकम खर्च गर्नु परेको छ । मेरो अनुमानमा एक २५ देखि डेढ करोडसम्म बढी खर्च भएको छ ।’ बिल नआइसकेकाले खर्चबारे अझै एकिनका साथ भन्न नसकिने उनले बताए ।

एमाले केन्द्रीय कार्यालयका सचिव तामाङका अनुसार १० औं महाधिवेशनका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । ललितपुरको गोदाबरीमा आयोजित विधान महाधिवेशनमा ४ करोड ७१ लाख खर्च भएको जानकारी पनि उनले दिए ।

नेकपा एमालेको केन्द्रीय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले पनि महाधिवेशन एक दिन मात्रै बढी लम्बिदा थप १ करोड भार पार्टीलाई थपिने बताए । ‘प्रतिनिधिलाई खाना आवासदेखि निर्वाचनको खर्च समेत जोड्दा एक दिनमा एक करोड रुपियाँ थपिने अनुमान छ’ पाण्डेले भने ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा भएको थियो । बन्दसत्र मंसिर ११ गते पर्यटकीय नगरी सौराहमा सुरु भएको थियो । सहमतिमा नेतृत्व चयनको प्रयास सफल नभएपछि पूर्वनिर्धारित तालिका प्रभावित भयो ।

मंसिर ११ गते नै उम्मेदवारी दर्ता, दावी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने, १२ गते निर्वाचन गरेर १३ गते विहानै चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशन समापन गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते दिनभरजसो नै सहमतीका लागि प्रयास गर्दा महाधिवेशन थप दुई दिन लम्बियो ।

नेतृत्वमा सहमति नजुटेपछि १४ गते विहानदेखि मतदान गरियो । निर्वाचित भएकाहरुको आजै सपथ ग्रहणको तयारी गरिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले आज सपथ ग्रहणको तयारी गरिएको बताए । यसका कारण अब महाधिवेशनको मैजारो १५ गते मात्रै हुनेछ ।

महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटलले थप तीन छाक खाना खुवाउने सम्झौता गरिएको छ । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

मूल व्यवस्थापन समिति सहसंयोजक पाण्डेका अनुसार सोमबार दिउँसो र बेलुकाको खाना, मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्ने गरी अर्काे सम्झौता गरिएको छ । थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४