Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकोपको जोखिममा परेकालाई सरकारले सुरक्षित घर बनाइदिन्छ : मन्त्री झाँक्री


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १३ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन् ।

सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताइन् ।

अहिले पनि नेपालको जनसंख्याको ठूलो हिस्सा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको उनको भनाइ थियो । शिक्षालयहरुले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरी काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने उनको भनाइ छ ।

मन्त्री झाँक्रीले भनिन्, ‘जोखिममा घर भएका जनतालाई सरकारले भूकम्प प्रतिरोधक सुरक्षित घर बनाइदिने कार्य अगाडि बढाएको छ।’

मन्त्री झाँर्कीले जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताइन् । यस विषयमा योजनाबद्ध विकास आवासको हक सुनिश्चित गर्ने उद्देश्य सरकारको रहेको उनको भनाइ छ । २०७२ सालको भूकम्पबाट भत्किएका घर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको समेत उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४