Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविका आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १३ २०७८
  • 2.1K
    SHARES

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले फेरि आन्दोलनमा उत्रिएका छन् ।

त्रिविले आंशिक प्राध्यापकलाई करार सेवामा राख्ने सम्झौता गरेको करीब पाँच महीनासम्म पनि कार्यान्वयन नभएको भन्दै आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।

देशभरका आंशिक प्राध्यापकहरु भेला भइ धर्ना दिइरहेको र विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले जानकारी दिए ।

उपकुलपतिको कार्यलय अगाडी धर्ना कार्यक्रम रहेको र माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको संघर्ष समितिका अध्यक्ष लिम्‍बुले बताए । उनले भने ‘हामीले हिजो शिक्षाध्यक्षलाई दुई दिनको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छौं । दुई दिनभित्र समस्या समाधान भएन भने थप कडा आन्दोलनमा उत्रिने तयारीमा छौं ।’

संघर्ष समितिले गत साउनमा देउवा सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने र २०७४ पछि थपिएका ५८० आंशिक प्राध्यापकलाई करार सेवामा राख्नुपर्ने माग गर्दै त्रिविको उपकुलपति, रजिष्ट्रार, रेक्टर र सेवा आयोगको कार्यालयमा ताला लगाएको थियो ।

समितिले ताला लगाएको दशौं दिनको अबेर राति त्रिविले उक्त निर्णय तत्काल कार्यन्वयन गर्ने सम्झौता गरेको थियो । तर अहिलेसम्म त्रिविले उक्त सम्झौता कार्यन्वयन नगरेको भन्‍दै आन्दोलनमा उत्रिनु परेको आंशिक प्राध्यापकहरुको भनाइ छ ।

२०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १ हजार ४२० आंशिक प्राध्यापकको लागि करार दरबन्दी खोल्ने सम्झौता कार्यन्वयन गर्न माग गर्दै आंशिक प्राध्यापकहरु पटक पटक आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४