Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व नयाँ भेरियन्टको त्रासमा, नेपाली राजनीतिक दलहरु महाधिवेशन गर्ने प्रतिस्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 2.2K
    SHARES

काठमाडौं, । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टले विश्वलाई आतंकित बनाइरहँदा यहाँका राजनीतिक दलमा एकपछि अर्को मानवसागर भेला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । मास्क र सामाजिक दूरीलाई जीवनकै अभिन्न अंग बनाउन चिकित्सकले सचेत गराइरहँदा देशका प्रमुख राजनीतिक दलहरुमा देखिएको गतिविधिले चिन्ता बढाएको छ ।

एमालेले चितवनको नारायणी किनारमा लाखौं मानिसको मानवसागर ओरालिरहँदा विश्व नयाँ भेरियन्टको कोरोना त्रासबाट चिन्तित छ । महाधिवेशनका नाममा मान्छे भेला गर्ने प्रतिस्पर्धा अन्तिम नभएर प्रारम्भ हो । अबको तीन, चार दिनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका कार्यकर्ता बटुलेर नेता छान्दैछ ।

यही महिनाको अन्तिममा काठमाडौंमै कांग्रेसका देशभरिकैै हजारौं कार्यकर्ता भेला हुँदैछन् । यही मेसोमा पुस ११ देखि माओवादीले महाधिवेशनकै नाममा भीडभाड जम्मा गर्दैछ । त्यसपछि स्थानीय निकायको चुनावले देशैभरिको जनजीवन प्रभावित हुनेछ । यसले प्रजातान्त्रिक अभ्यास फस्टाउँछ भन्ने राजनीतिक विश्लेषण होला । तर कोभिड संक्रमणको दृष्टिले मानवभीड सर्वाधिक ठूलो शत्रु हो ।

खोप लगाएकै भरमा लापर्वाही गर्ने छूट कसैलाई नभएको विज्ञहरु बताउँछन् । हाल सामान्य अवस्था जस्तो गतिविधि बढ्दै जानु घातक बन्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. शेरवहादुर पुनको ठहर छ ।

कोरोना संक्रमण फैलिने राम्रो वातावरण भनेको भीडभाड नै हो । पहिलो र दोस्रो लहरमा यही विषय प्राथमिकतामा नराखिदा स्थिति नियन्त्रण वाहिर पुगेको थियो । भाइरसको फैलावटलाई हेरेर नेपालले यस्ता क्रियाकलापलाई रोक्नु पर्ने विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४