Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउनेको भीड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । सरकारले विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउनेको भीड लागेको छ । आज बिहानैदेखि परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा सर्वसाधारणको भीड लागेको हो ।

वैदेशिक रोजगारीमा जाने र विदेशबाट चाडपर्व मनाउन आएकाहरु फर्कनुअघि विद्युतीय राहदानीका लागि विभागमा लामो लाइन लागेको हो । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउने र नवीकरणका लागि सर्वसाधारणको भीड लागेको विभागले जनाएको छ ।

यसअघि गत असोज दोस्रो साता पनि विभागमा केही समय राहदानी बनाउनेको लर्को लागेको थियो । त्यसबेला करिब एक साता बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन सर्वसाधारण लाममा बसेका थिए । कोरोना संकटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झण्डै दुई वर्ष राहदानी बनाउनेको संख्या कम रहेको विभागले जनाएको छ ।

अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज बनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका अधिकारीहरु बताउँछन् । नयाँ विद्युतीय राहदानी दिन थालेसँगै जिल्लामा सो सेवा उपलब्ध नहुँदा देशभरका सेवाग्राही विभागमा आएर लामो समय लाइन बस्न बाध्य भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४