Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको मनोनयन शुरु भएन, विजय सुब्बा भन्छन्- पार्टीमा नयाँ थ्याैरी विकास भयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 2.2K
    SHARES

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ । आइतबार बिहान आठ बजेदेखि मनोनयन दर्ता सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि सहमति जुटाउन नेताहरुलाई सकस परिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले महिला, दलित, जनजाति, भूगोल लगायतका क्लष्टरलाई समेटेर केन्द्रीय कमिटीको नामावली पठाउन नेताहरुलाई भनेका छन् । सोही अनुसार केहीले नाम पठाइसकेको र केही पठाउने तयारीमा छन् । बन्दसत्रले ती नामावली पास गरेपछि निर्वाचन समितिले औपचारिक रुपमा नामावली सार्वजनिक गर्ने तयारी छ ।

त्यसमा कसैले सहमति नजनाएमा बल्ल मनोनयन दर्ता गरेर निर्वाचनमा जाने तयारी छ । यसलाई कतिपय एमाले नेताहरुले पार्टीमा विकास भएको ‘नयाँ सिद्धान्त’ भनेर टिप्पणी गरेका छन् ।

नेकपा एमाले निर्वाचन समिति संयोजक विजय सुब्बाले भने, ‘पहिले ३०१ जनाको नाम ल्याउने, त्यसलाई हलले पारित गर्ने अनि बल्ल निर्वाचन समितिले निर्वाचन भएको भनेर नाम घोषणा गर्ने गरी नयाँ थ्याैरी विकास भयो, तर यसलाई स्वीकारेर अघि बढेका छौं,’ उनले  भने ।

सामान्यतया मनोनयन दर्ता गर्ने, उम्मेदवारको सूची सार्वजनिक गरेर दाबी विरोधको सूचना निकाल्ने, त्यसमा छानविन गरेर अन्तिम नामावली प्रकाशन गर्ने र बल्ल मतदानमा गएर विजयी भएकाहरुको नामावली घोषणा गर्ने प्रक्रिया नहुने देखिएकाले नयाँ सिद्धान्त विकास भएको सुब्बाको धारणा छ ।

केन्द्रीय सदस्यमा मात्रै होइन, एमालेको पदाधिकारीमा पनि कुरा मिल्न बाँकी छ । शनिबारको बन्दसत्रमा नेता विष्णु पौडेलले अध्यक्ष ओलीले कार्यसमितिको नामावली प्रस्तुत गर्ने र बन्दसत्रमा सहभागीहरुले ताली बजाएर पास गर्ने प्रस्ताव गरेपछि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल लगायतका नेताहरुले विरोध जनाएका थिए । त्यसपछि बन्दसत्र आइतबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको थियो ।

एमाले प्रचार विभागका सहसंयोजक सूर्य थापाले अध्यक्ष ओलीले सबैलाई मिलाएर एकताको सन्देश दिने गरी नेतृत्व प्रस्ताव गर्न आज बिहानैदेखि छलफलमा जुटेको बताए । महिला, दलित, जनजाति, भूगोल लगायतको क्लष्टरलाई समेटेर केन्द्रीय कमिटीको नाम बन्दसत्र पेश गर्ने ओलीको तयारी छ । आज १० बजेपछि हुने बन्द सत्रमा नयाँ नेतृत्वको प्रस्ताव पेश हुने अपेक्षा गरिएको छ ।

गत शुक्रबारदेखि चितवनमा सुरु भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने कार्यतालिका छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४