Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर कांग्रेस अधिवेशनमा नाराबाजी, उदय शम्शेरमाथि अभद्र व्यवहार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आज सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्य समूहले अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो । मतदानका क्रममा प्रचारसामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले अभद्र व्यवहार गरेको राणा पक्षको भनाइ छ ।

राणापक्षका कार्यकर्ताहरुले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका थिए । जावालाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।

केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् । राणाको समर्थन श्रेष्ठलाई छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका छन् ।

पहिलो चरणमा सभापति पदका उम्मेदवार चित्रकारले ५०४, जितेन्द्र कुमार श्रेष्ठले ४७१ र मीनकृष्ण महर्जनले ३३६ मत पाएका थिए । निर्वाचनमा १३ सय २२ मत खसेको थियो । कांग्रेस विधानमा सभापतिका उम्मेदवारले विजयी हुन खसेको मतको पचास प्रतिशत बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४