Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको बन्दसत्र सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ११ २०७८
  • 2K
    SHARES

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली बैठकस्थल सौराहको होटल सेभेन स्टारमा केहीबेरअघि प्रवेश गरेसँगै बन्द सत्र सुरु भएको हो ।

बन्द सत्रमा विदेशी पाहुनाहरुको सम्बोधन गर्नुका साथै विधान संशोधनको निर्णय गरेको केन्द्रीय कमिटीको निर्णयको सन्दर्भमा पनि छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

सर्वसम्मतिमा नेतृत्व चयनका लागि ओलीले शुक्रबार बेलुकीदेखि शनिबार दिउँसो १ बजेसम्म व्यापक छलफल गर्नुभएको थियो ।

त्यसका लागि शुक्रबार बसेको नवौं केन्द्रीय कमिटीको अन्तिम बैठकले विधानसमेत संशोधन गर्दै पदाधिकारी थप गर्ने निर्णय गरेको थियो ।

विधान संशोधन गरेर अघि बढे पनि महाधिवेशन निर्वाचनमै जाने देखिएको छ । अध्यक्ष पदमा भीम रावल आफ्नो दावेदारीबाट पछि हट्नुभएको छैन भने वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोरखेलले पछि हट्ने छाँट देखाएका छैनन् ।

यसैबीच एमालेले शुक्रबार नारायणी तीरमा महाधिवेशनको उद्घाटन समारोहको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४