Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आन्तरिक छलफलमा ओली, पदाधिकारीमा सहमति जुटाउन अझै सकस


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ११ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा समस्या परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् ।

शनिबार सौराहमा बन्दशत्र सुरु गर्नुअघि एमाले अध्यक्ष ओलीले आफ्ना निकट नेताहरुसँग छलफलमा बसेका छन् । महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा छन् ।

एमालेले शुक्रबार राति मात्र विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाएको थियो । नेताहरुको व्यवस्थापनका लागि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपिएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो बनाइएको छ । यस्तै २२५ सदस्यीय केन्द्रीय कमिटीलाई पनि ३०१ सदस्यीय बनाइएको छ ।

यद्यपि अझै पदाधिकारीमा सहमति जुटेको छैन । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङको दाबी छ भने महासचिवमा शंकर पोखरेल र विष्णु पौडेल छन् ।उपाध्यक्ष र सचिवका आकांक्षी पनि धेरै भएकाले पदाधिकारी संख्या १९ पुर्‍याउँदा पनि सहमति जुटाउन सकस भइरहेको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४