Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले उपमहासचिवमा को कसको दावी ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ११ २०७८
  • 1.8K
    SHARES

चितवन । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पदको संख्या थप भएपछि आंकाक्षीको संख्या पनि थपिएको छ ।

यसअघि एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा अन्य पदमा दावी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन् ।

शुक्रबार राति बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उपमहासचिव पद १ बाट थपेर ३ पु¥याउने निर्णय गरेको थियो । यी तीन पदमा वर्तमान केन्द्रीय कमिटीका तीन वरिष्ठ सचिवहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले दावी गरेका छन् ।

नवौं महाधिवेशनमा सचिव पदमा पराजित भएका स्थायी कमिटी सदस्य विष्णु रिमालले पनि उपमहासचिव पदको आकांक्षा राखेका छन् ।

यसअघि उपमहासचिव पदमा सचिव प्रदीप ज्ञवाली सर्वसम्मत जस्तै रहेकामा पद संख्या थप भएपछि अरु आकांक्षीहरु पनि थपिएका एमाले अध्यक्ष ओलीनिकट एक नेताले बताए ।

सचिव गोकर्ण विष्टले सचिवमा नै दोहोरिने चाहना राखेका थिए भने पृथ्वी सुब्बा गुरुङले महासचिवमा दावी गरेका थिए । स्थायी कमिटी सदस्य रिमालले पनि सचिव पदमा दावी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४