Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशन हेर्न चितवन आएकाहरू भन्छन् : अब भाषण होइन, विकास चाहिन्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ११ २०७८
  • 2.6K
    SHARES

चितवन । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नेत्रप्रसाद पराजुुली १६ घण्टाको बस यात्राबाट शुक्रबार चितवन आइपुगे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हेर्न चितवन आइपुगेका उनी आफू कांग्रेस समर्थक भएको बताउँछन् ।

‘

गाउँका एमाले कार्यकर्ता चितवन आउँदा पराजुली पनि सँगै बसमा आएका हुन् । ओलीलाई प्रत्यक्ष भेट्ने अवसर पाइएला भनेर उनी चितवन आएको बताउँछन् । उनी कांग्रेस र कम्युनिस्टले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताउँछन् । ‘फुटाउने र लड्ने भन्दा पनि विकासको प्रतिस्पर्धा जरुरी छ’ पराजुली भन्छन् ।

एमालेको महाधिवेशन हेर्न चितवनको भरतपुर नगरपालिका-९ का बिर्खबहादुर गुुरुङ पनि नारायणी किनार आइपुगेका थिए । अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको बताउने गुुरुङ, केपी ओलीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि आउने खबर सुनेकाले आएको बताउँछन् । ८२ वर्षीय गुुरुङले भने, ‘नेता भइसकेपछि देशको उन्नती प्रगति हुने काम गर्नुपर्छ । गरीब, निमुुखालाई हेर्नुपर्छ,, अरु देशमा जस्तो विकास नेपालमा भएको देखिएको छैन । अब जनता भुुलाउने भाषण होइन, काम गरेर देखाउनुुपर्छ ।’

जनताको आन्दोलनबाट राजा फालेर गणतन्त्र स्थापना गरे पनि नेताहरुले जनचाहनाअनुसार काम गर्न नसकेको गुरुङ बताउँछज् । ‘राजा फालेर गणतन्त्र ल्यायौँ । तर हाम्रा नेताहरुले सुुनौँ सुुनौँ लाग्ने भाषण सुनाएरै सोझासाझा जनतालाई भेडा बनाएका छन्,’ उनी भन्छन्, ‘आपसमै लडाइँ झगडा गरेर नेताहरुबीच कुुर्सीको होडबाजी चलेसम्म विकासले गति लिदैन् ।’

कञ्चनपुर भीमदत्त नगरपालिका-२ का प्रकाश जोशी व्यापार बन्द गरेर महाधिवेशन हेर्न आएका थिए । चिवतनमै व्यापार गर्ने उनी महाधिवेशनस्थल आउनुको कारण भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा एमालेको महाधिवेशन हुनु हो ।

‘राजनीतिमा धेरै रुची त राखिदैन । कुनै पार्टीको सदस्यता पनि लिएको छैन,’ जोशी भन्छन्, ‘विगतमा एउटै पार्टीका अध्यक्ष भएर सँगै काम गरेका प्रचण्डको ठाउँमा ओलीको पार्टीले कस्तो भेला गर्ने रहेछ भनेर हेर्न आएको ।’

सिराहा नगरपालिका-२ का माली भण्डारी शुक्रबार बिहान १० बजे नै चितवन आइपुुगेका थिए । नारायणी नदीको पुुलमा भएको जाम छिचोल्दै ११ बजे एमाले महाधिवेशनस्थल पुुगे । महाधिवेशनस्थलमा नेताहरुको भाषण सुनेपछि उनले भने, ‘हामीलाई अब विकास चाहिन्छ । गाउँमा बाटोघाटो, खानेपानी, सिचाइँ, बिजुुली बत्ती छैन । हाम्रो माग पूरा हुनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४