Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवौं महाधिवेशनका केन्द्रीय सदस्यको अन्तिम केन्द्रीय कमिटी बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम केन्द्रीय कमिटी बस्दैछ ।

बैठक शुक्रबार बेलुकी ८ सौराहको जंगल क्राउन होटलमा बस्ने एमाले प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा दशौं राष्ट्रिय महाधिवेशनको बन्द शत्र सञ्चालनका लागि गठन भएको ११ सदस्यीय अध्यक्ष मण्डल र ७ सदस्यीय माइन्यूट कमिटीलाई अनुमोदन गर्नेछ ।

मंगलबार ललितपुरमा बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा अध्यक्ष मण्डल र स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा माइन्यूट कमिटी गठन गरेको थियो ।

अध्यक्ष मण्डलमा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

यस्तै, माइन्यूट कमिटीमा गुरुङसहित सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

शुक्रबार भव्य रुपमा उद्घाटन गरेको एमाले महाधिवेशनको बन्द शत्र भोलिदेखि सौराहमा हुनेछ । एमालेले एक महिना अघि आगामी नीति तय गर्नका लागि विधान महाधिवेशन गरेको थियो भने अहिले शुक्रबारबाट नेतृत्व चयका लागि राष्ट्रिय महाधिवेशन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४