Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन लबिइङ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 2.4K
    SHARES

चितवन । नेकपा एमालेका केही नेताहरुले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप्नुपर्ने माग राख्दै अभियान चलाएका छन् ।

विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउनुपर्ने लबिइङमा एमाले नेताहरु विशाल भट्टराई, पार्वत गुरुङ, हिक्मत कार्की, लीलबहादुर थापा, नारदमुनि राना, शान्ता चौधरी, रचना खड्कालगायत सक्रिय छन् ।

भट्टराईले भने, ‘पदाधिकारीको संख्या आवश्यकताका आधारमा केही थप्ने र केन्द्रीय कमिटीको संख्या ३ सयको हाराहारीमा पुर्याउनुपर्छ । त्यसो गर्दा झण्डै एक सय ६ जना नयाँ अनुहारहरु केन्द्रीय कमिटीमा पर्नुहुन्छ ।’

यसो गर्दा नयाँ पुस्ता पनि समेटिने र पार्टी अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत हुने भट्टराईको भनाइ छ । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै नामावली प्रकाशन गर्ने र उहाँले जे गर्नुहुन्छ, त्यो हामी सबैले स्वीकार्ने,’ अभियान चलाउनुको उद्देश्यबारे भट्टराईले भने, ‘नेकपा एमाले जसरी वडामा, पालिकामा, क्षेत्रमा सर्वसम्मत छ, त्यसैगरी मुलुकमै सर्वसम्मत हुन सक्छ भन्ने एउटा सन्देश हामीले जारी गर्न खोजेका हौं ।’

नयाँ पुस्तालाई स्थान दिन र सबैको मनोविज्ञानलाई समेट्न विधान संशोधन गर्नैपर्ने मतसहित भट्टराईसहितका नेताहरुले शीर्ष नेताहरुलाई भेट्दै आएका छन् ।

‘आवश्यक पर्‍यो भने विधान संशोधन गरेर केही पदाधिकारी र सदस्यको संख्या अलिकति थपेर नयाँ पुस्ता पनि आउने गरी, सबै मनोविज्ञानहरु समावेश हुने गरी, सबैको सम्मान र सबैको उपस्थिति हुने गरी हामीले कमिटी निर्माण गर्नुपर्छ र त्यसको लागि विधान संशोधनमार्फत् बाटो खोल्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४