Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातौं उद्योग दिवस : भएका बन्द हुँदै, उद्याेगीभन्दा व्यापारी बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । ‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारा सहित साताैं उद्योग दिवस आज मनाइँदैछ ।

उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सरकारकै अग्रसरतामा मंसिर ९ गते उद्योग दिवस मनाउने गरिएको छ ।

सरकारले नीतिगत रूपमा औद्योगिक विकासलाई तीव्रता दिने, औद्योगिकरणको माध्यमबाट रोजगारी सिर्जना गर्ने र आत्मानिर्भर अर्थतन्त्रको प्रवर्द्धन गरी जनताको जीवनस्तर उकास्ने आधार तयार गर्ने बताए पनि अपेक्षित रूपमा औद्योगिक क्षेत्रको विकास र विस्तार हुन भने सकेको छैन ।

नेपालमा वि.सं.१९९३ मा उद्योग परिषद्को स्थापना भएपछि औपचारिक रूपमा औद्योगिक विकासको सुरुवात भएको मानिन्छ । लामो समय बितिसक्दा पनि सत्ताकेन्द्रीत स्वार्थी नेतृत्वका कारण मुलुकले औद्योगिकरणको महसुस गर्न भने सकेको छैन ।

भएका ठूला उद्योग पनि बन्द हुँदै गएका छन् । औद्योगिक विकासका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र औद्योगिक व्यवसाय ऐन जारी भएका छन् । तर, मुलुकमा उद्योगी भन्दा व्यापारीको संख्या बढेको छ ।

उद्योग दिवसका अवसरमा सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका प्रमुख नारायण प्रसाद शर्मा दुवाडीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी कार्यक्रम गर्दैछ ।

निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संगठनले पनि दिवस मनाउँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४