Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशनमा एम्बुलेन्स र दमकल सञ्चालनमा समेत चुनौती, यी स्थानमा पैदलै हिड्नुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 2.9K
    SHARES

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेका नेता कार्यकर्ता चितवन आइपुग्ने क्रम सुरु भएको छ ।

शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट एमालेका नेता कार्यकर्ता उपस्थित हुने भएपछि सुरक्षा र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

पहिलो उद्घाटन सत्रमै सुरक्षा व्यवस्था केन्द्रीत गर्नेगरी जिल्लामा सुरक्षा योजना बनेको छ । सबैभन्दा बढी जोड ट्राफिक व्यवस्थापनलाई दिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

कार्यक्रम उद्घाटनको विहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म पूर्ववाट आउने सवारी पारस बसपार्क, पश्चिमबाट आउने सवारीलाई गैंडाकोटमै, काठमाडौं पोखराबाट आउने सवारीलाई आँपटारीमै रोकिने भएको छ ।

अत्यावश्यक सवारी बाहेक यो त्रिकोणात्मक क्षेत्रमा पैदलनै हिँड्नुपर्ने र सवारी प्रवेशमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउनुहुन्छ । तर, सवैभन्दा चुनौती नारायणी पुलमा देखिएको छ ।

पूर्वपश्चिम राजमार्ग जोड्ने एकमात्र सडक नारायणी पुल मात्र भएकाले एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी आवतजावतमा समस्या हुने देखिएको छ । यद्यपि सुरक्षा योजनाअनुसार पुलमा कसैलाई बस्न नदिइने र पुलबाट शिवघाटको बाटो हुँदै गन्तव्यमा पुर्‍याइने तामाङको भनाइ छ ।

त्यस्तै, प्रहरीले भीआईपी र भीभीआईपी पाहुनाहरूलाई छुट्टै सवारी मार्गको व्यवस्था मिलाएको छ । प्रधानमन्त्री समेतलाई मार्ग तयार पारिएको र ट्राफिक व्यवस्थापनसहित अन्य पूर्ण सुरक्षालाई समेत ध्यान दिइएको चितवनका प्रमुख जिल्ला अधिकारी तामाङ बताउनुहुन्छ ।

एकीकृत रणनीतिक सुरक्षा योजना अनुसार थप सुरक्षाकर्मीको माग गरिएको छ । तामाङका अनुसार ८० देखि ९० जना ट्राफिक, सशस्त्र प्रहरीबाट ३ सय ३३ जना, करिव ४ सय नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका समेत जनशक्ति थप माग गरिएको छ ।

महाधिवेशन र जिल्लाको अन्य सुरक्षाका लागि छुट्टाछुट्टै समूह बनाएर काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जनशक्ति थप गरेपछि व्यवस्थापन सहज हुने भए पनि मानिसहरूको अत्यधिक भीड र साँघुरो ठाउँले अत्यावश्यक सवारी रोकिनसक्नेतर्फ आयोजक र प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४