Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओखलढुंगा कांग्रेस सभापतिमा संस्थापन समूहका तेजेन्द्र खनाल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 4.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ मत खसेकोमा सभापतिमा विजयी खनालले ७०१ मत पाए भने सभापतिका अर्का प्रत्यासी बालकृण दाहालले ६१२ मत पाएको निर्वाचन समितिले जनाएको छ । दाहाल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।

त्यस्तै उपसभापतिमा कमल तामाङ र नवरजा केसी विजयी भएका छन् । दाहाल समूहबाट उपसभापति उम्मेदवार बनेका तामाङले ७८२ मत पाए भने खनाल समूहका केसीले ६५५ मत पाएका हुन् ।

दुई सचिव पदमा खनाल समूहकै अजय लुईटेल र राजकुमार ढुंगाना विजयी भएका छन् । लुईटेलले ७२१ मत पाएका छन् भने ढुंगानाले ६८२ मत पाएको निर्वाचन समितिले जनाएको छ । सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बुढाथोकीले ७१७ मत पाए भने श्रेष्ठले ६६५ मत पाएका छन् । सहसचिवमा निर्वाचित बुढाथोकी दाहाल समूहका हुन् ।

कांग्रेसको मंसिर २४-२६ सम्म हुने केन्द्रीय महाधिवेशनका लागि यतिबेला धमाधम जिल्ला अधिवेशन भइरहेका छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । दुई वा दुई भन्दा बढि संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशनको मिति तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४