Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साइबर सर्कल घोषणा सभामा ओली : प्रचण्ड र माधवप्रति आक्रामक, महाधिवेशनबारे मौन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । दशौं महाधिवेशनका लागि चितवन जानु अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय युवा संघ नेपालको साइबर सर्कल घोषणा कार्यक्रममा सहभागी भए । झण्डै एक घण्टा लामो सम्बोधन गरे ।

पूर्वसहकर्मीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको कानून व्यवसायीहरुको गइरहेको आन्दोलनबारे तिखो टिप्पणी गरे । तर दशौं महाधिवेशन नेतृत्व चयनबारे केही बोलेनन् । जबकी अघिल्लो दिन मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले सहमतिका लागि आग्रह नगर्ने बताएका थिए । नेताहरुले सहमतिका लागि लबिइङ गरिरहँदा ओलीले भनेका थिए, ‘म आग्रह पनि गर्दिनँ ।’ जो कोहीले सर्वसम्मत वा चुनाव जितेर आउने पर्ने ओलीको तर्क तर्क थियो ।

  • ७ वर्ष अगाडि हारेको मान्छे !

सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आलोचना गरे । ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा’ भन्ने नेता नेपालको अभिव्यक्तितर्फ इंगित गर्दै उनले भने, ‘७ वर्ष अगाडि हारेका मान्छेले जो हमसे टकराएगा, चुरचुर होजाएगा रे भन्न पनि कसरी सकेको होला ।’ प्रचण्ड र नेपाललाई कांग्रेसको पिछलग्गुको संज्ञा दिएका उनले एमालेसँग धाक नलगाउन चेतावनी दिए । उनीहरु कांग्रेसको पुच्छर समाएर हिँडेको भन्दै उनले भने, ‘२/४ दिनको पाहुना हुन् । जिउमा झिंगा बस्दा कांग्रेसले यसो पुच्छर हल्लाउँदा उनीहरु कता कता पुग्छन् कता ।’

  • प्रचण्डका नातिनीहरु बेलायतमा छन्

अरुका छोराछोरीलाई जनयुद्धमा होमेको तर आफ्नो नातिनीलाई बेलायत पढाएको भन्दै ओलीले प्रचण्डको आलोचना गरे । प्रचण्डका दुबै छोरीका छोरीले बेलायतको शिक्षा पाएको भन्दै उनले भने, ‘भरतपुरकी छोरी र यताकी छोरीकी पनि पढ्छन् । बेलायत पढ्छन, नातिनीले राम्रो शिक्षा पाएका छन्, खुसी लाग्छ । सुखमय जिन्दगी तिनीहरुको मात्र नबनोस्, अरुका छोराछोरीलाई बर्बाद गरिदिने, उल्क्याएर देशलाई द्वन्द्वमा फसाइदिने ?’

  • कांग्रेस बुढो भयो

एमाले अध्यक्ष ओलीले कांग्रेस बुढो भएको बताए । विचार, नीति सबैमा कांग्रेस बुढो भएको भन्दै उनले भने, ‘बुढो भएपछि धेरै दुध दिने गाईले पनि दुध दिँदैन ।’ साथै उनले प्रचण्डबाट होसियार रहन समेत आग्रह गरे । आफूहरुलाई बिर्गान नसकेपछि प्रचण्ड कांग्रेसतिर लागेको भन्दै उनले भने, ‘काँग्रेसलाई चेतावनी दिन चाहन्छु-काँग्रेस होसियार । प्रचण्डले भ्याइदिन्छन् । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

  • अब नो एकता

पार्टी मिलाएर बहुमत पुगेपनि केही मान्छेलाई नपचेको भन्दै एमाले अध्यक्ष ओलीले अब कुनै पार्टीसँग एकता नगर्ने बताए । बरु सम्पूर्ण पार्टीमा रहेकाहरु विकासप्रेमीलाई एमालेमा ल्याउने भन्दै उनले भने, ‘नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन, त्यसकारण नो एकता, नो एकीककरण’ उनले भने, ‘जो साथीहरु हुनुहुन्छ आउनुस्,, एमालेसँग मिलेर काम गरौं ।’ एकता एकीकरणको वार्ता को सँग गर्ने ? माधव नेपालसँग गर्ने एकीकरण ? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्यूँझिनुस् र फर्किनुस्’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४