Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवलपुरमा देउवा–कोइरालाको गठबन्धन पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 2.8K
    SHARES

नवलपुर क्षेत्र नम्बर १ को सभापतिमा विजयी पौडल पक्षका अमृत भट्टचन ।


पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नवलपुर (नवलपरासी पूर्व) मा रोचक मत परिणाम आएको छ । देशभर संस्थापन र इतर समूह फरक प्यानल बनाएर चुनाव भइरहेका बेला महामन्त्री शशांकको चुनाव क्षेत्रमा भने सभापति शेरबहादुर देउवा–कोइराला समूहको एउटै प्यानल बनेको थियो । एक्लै प्रतिस्पर्धामा उत्रिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्षेत्र नं १ मा सभापति देउवा र महामन्त्री कोइरालाको प्यानललाई हराएको छ भने क्षेत्र नम्बर २ मा मत बराबरी भएको छ । क्षेत्र नम्बर १ मा देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन सभापतिको उम्मेदवार थिए । १ हजार १ सय ५१ मत खसेकोमा २ सय २३ मतान्तरले पौडेल समूहका भट्टचन विजयी भएका हुन् ।

भट्टचनले ६ सय ७० मत ल्याएका छन् भने पराजुलीले ४ सय ४७ मत पाए । सचिव र सहसचिवमा भने दुबै प्यानलबाट १÷१ जना विजयी भएका छन् । देउवा–कोइराला प्यानलका अमृत श्रेष्ठ सचिवमा विजयी भए भने अर्काे सचिवमा वरिष्ठ नेता पौडेल समूहकै शालिकराम सापकोटा विजयी भएका छन् । सहसचिवमा पौडेल समूहका टीकाराम सापकोटा र देउवा–कोइराला प्यानलका तेजप्रसाद घिमिरे विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिको मतगणना भने सकिएको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सांसद विष्णु लामिछाने, ओमकला गौतम लगायत देउवा–कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार छन् । नवलपुर क्षेत्र नम्बर २ मा दुबै प्यानलका उम्मेदवारले बराबर मत पाएका गण्डकी प्रदेश सभा सांसद तथा महाधिवेशन प्रतिनिधि विष्णु लामिछानेले जानकारी दिए ।

सभापति पदका उम्मेदवार सूर्य गुरुङ र जगत कार्की दुवै जनाले समान ३ सय ९४ मत प्राप्त गरेका छन् । कुल खसेको ७ सय ९७ मतमा ९ मत बदर भएको थियो । दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि अब कसरी विजेता घोषणा गर्ने भन्ने विषयमा छलफल पछि निश्कर्षमा पुगिने निर्वाचन मण्डलले जनाएको छ । ‘नवलपुर–२ मा बराबरी मत प्राप्त भएपछि बिहीबार फेरि गणना हुने छ,’ कांग्रेस जिल्ला सभापतिसमेत रहेका लामिछानेले भने, ‘फेरि पनि समान मत आएका गोलाप्रथाद्वारा सभापति चुनिने छ ।

यसअघि स्थानीय तहको अधिवेशनमा देवचुली नगरपालिकामा समेत दुवै उम्मेदवारले बराबर मत पाप्त गरेपछि गोलाप्रथाबाट विजेता चयन गरिएको थियो । कांग्रेस महामन्त्रीकै जिल्लामा देउवा–कोइराला गठबन्धन भएपछि गण्डकी प्रदेशभरि नै त्यसको तरंग थियो । गण्डकी प्रदेश समितिको निर्वाचनमासमेत त्यही गठबन्धन बन्ने हो कि भन्ने आंकलन नेताहरुको थियो । तर, नवलपुरमा देखिएको परिणामले भने फरक सन्देश दिएको कांग्रेसका एक नेताले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४