Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस क्षेत्रीय अधिवेशन : बुटवलमा मतगणनास्थलमा झडप,एकजना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 3.5K
    SHARES

बुटवल । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीको बुटवलमा कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनको मतगणना भइरहेको बुटवलको बालमन्दिरमा पार्टीको संस्थापन पक्षका प्रसन्न कोइराला र संस्थापन इतर पक्षका दीर्घबहादुर केसीबीच विवाद हुँदा झडप भएको हो ।

त्यस क्रममा केसीको अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । झडपपछि मतगणना स्थगित भएको छ । विवाद र झडपका क्रममा प्रहरी मुकदर्शक बनेको कांग्रेस कार्यकर्ताको भनाइ छ ।

यसअघि भैरहवामा प्रदेश सभा क्षेक्रीय अधिवेशनका त्रममा पनि संस्थापन पक्षका तरुण दल रुपन्देही अध्यक्ष सोम गुरुङको समूहले संस्थापन इतरका क्षेत्रीय सचिवका उम्मेदवार सैलेश  पन्तमाथि आक्रमण गरेको थियो ।

आक्रमणबाट पन्तको नाकको हड्डी भाँचिएर  लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको थियो । अधिवेशनलाई लक्षित गरेर गृहमन्त्री खाँण केही दिनदेखि रुपन्देहीमै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४