Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्याङ्जामा बुबाको किरिया बसेर मत माग्दै खड्का


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ६ २०७८
  • 2.8K
    SHARES

स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्याङजा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार अनौठो दृश्य देखियो ।

वालिङ खेल मैदानमा भइरहेको मतदानमा झुपो टाउकामा राखेको र सेतो कपडाले बेरिएका व्यक्ति मत माग्दै पुगे ।

बुवाको मृत्यु भएको चौथो दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन भएपछि गल्याङ नगरपालिका–७ घर भएका खड्का विहानैदेखि मत माग्दै हिँडिरहनुभयो ।

यसअघि सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहनुभएका उहाँलाई सोमबार मतदान स्थलमा देख्दा सबै अचम्ममा परेका थिए ।

दुई पक्षबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको यस निर्वाचनमा वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँड र ध्रुव पंगेनीको क्षेत्रीय सभापतिमा उम्मेद्वार रहेका छन् ।

प्रतिनिधि सभा क्षेत्रीय समितिको लागि र केन्द्रीय महाधिवेशन प्रतिनिधिको वालिङमा १२ सय ३० जना मतदाताले मतदान गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४