Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘स्पष्ट समयसीमा तय गरेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । चारवटा मानवअधिकारवादी संस्थाले संक्रमणकालीन न्यायका लागि सरकारले स्पष्ट समयसीमा तय गरेर दायित्व पूरा गर्नुपर्ने जनाएका छन् ।

दश वर्षे सशस्त्र द्वन्द्वलाई २०६३ सालमा अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष मनाउँदै गर्दा एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराध र अन्य अपराधहरूमा न्याय प्रदान गर्ने कार्यमा कुनै प्रगति नभएको भन्दै न्यायलाई निश्चित विन्दुमा पुर्याउन स्पष्ट समयरेखा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

पटक–पटक आएका सरकारले पीडितलाई न्याय भन्दा पनि झुटा आश्वासन मात्र दिएको चार संस्थाको ठहर छ । उनीहरू सरकारले आफूले गरेका वाचा पूरा गर्न विफल भएको जनाएको छ । संक्रमणकालीन न्याय आयोगहरुले पीडितलाई न्यायका लागि अदालत जान रोकिरहेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गम्भीर अपराधहरूमा अनुसन्धान र अभियोजन गर्ने दायित्व पूरा गर्नमा राज्यका अधिकारीहरूले देखाएको अनिच्छाले पीडितका पीडाहरूलाई झन गहिरो पार्नुका साथै द्वन्द्वोत्तर अवस्थामा रहेको नेपालको विधिको शासनलाई कमजोर पार्ने र भविष्यमा पनि यस्ता उल्लङ्घनहरू हुनसक्ने जोखिमलाई बढाएको ह्युमन राइट्स् वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जहिलेसम्म नेपालमा न्याय दिन इन्कार गरिन्छ द्वन्द्वकालमा भएका अन्तर्राष्ट्रिय अपराधका आरोपित पीडकहरूविरूद्ध विश्वव्यापी क्षेत्राधिकारअन्तर्गत बाह्य मुलुकमा अभियोजन हुने संभावना रहिरहनेछ ।’

तत्कालीन सरकार र माओवादी विद्रोहीबीच २०६३ साल मंसिर ५ मा हस्ताक्षर भएको विस्तृत शान्ति सम्झौतामा ‘मानवअधिकारको गंभीर उल्लङ्घन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य अन्वेषण’ गर्ने प्रतिबद्धता रहेको थियो ।

सरकारले २०७१ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गरेकाे थियाे । यी दुई आयोगहरूले ६० हजार भन्दा धेरै उजुरीहरू प्राप्त गरेका छन् । तर, कुनैमा पनि अनुसन्धान टुङ्गाएका छैनन् । २५ सय भन्दा धेरै मानिसहरूको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४