Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनगणनामा मनपरी प्रश्‍न सोधेको भन्दै आदिवासी जनजातिको आपत्ति, सच्‍याउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ३० २०७८
  • 2.8K
    SHARES

काठमाडौं। १२औ जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजाति संगठनहरूले आपत्ति जनाएका छन् ।

मंगलबार विहान १०:३० बजे तथ्‍याङ्क विभागको कार्यालयमा आदिवासीजन्य संगठनहरूले ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन् ।

विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीहरूले गणना भइरहेको त्रुटि र असंवेदनशीलताबारे पाँचौ दिनमा ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले गणना भइरहेको समयमा विभिन्न तवरले खबरदारी र सहयोग गरिरहँदा पनि तथ्यांक विभाग र यसका संयन्त्रहरूले प्रश्नावलीमा हेलचेक्र्याइँ गरेकाले   सच्याउन आग्रह गरेका छन् ।

जात/जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा र धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोले आपत्ति जनाउँदै आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्‍यसो नगर्न निर्देशन दिन आग्रह गरेका छन्।

यता, महानिर्देशक नेबिनलाल श्रेष्ठले भने गणकले मनपरी र व्यक्तिगत प्रश्न सोध्न नमिल्ने भन्दै उनीहरूले त्यसो गरे कार्बाही हुने बताए । तालिमका क्रममा गणकहरूलाई के-के सोध्न मिल्ने र के-के नमिल्ने भनेर तालिम दिइएको उनले प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४