Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुस्ताङमा हिमपहिरो, भागदौड हुँदा कम्तिमा ७ जना घाइते, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २८ २०७८
  • 3.2K
    SHARES

काठमाडौं, कात्तिक २८ । हिमालपारीको जिल्ला मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो ।

हिम पहिरोका कारण थासाङ गाउँपालिकाको वडा नम्बर २ को कोवाङ, लार्जुङ, नाउरिकोट, बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो । भाग दौडका क्रममा कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय गरी ७ जना घाइते भएको विद्यालयका निमित्त प्रधानाध्यापक खेम गुरुङले जानकारी दिनुभयो । घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

उहाँका अनुसार अहिले विद्यार्थी र शिक्षकलगायतलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । यस्तै, हिम पहिरो खसेका कारण बेनी–जोमसोम सडक यातायात समेत अवरुद्ध भएको थियो । हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको छ । अहिले सो क्षेत्रमा तीब्र गतिमा हावा चलेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले अहिले हिम पहिरो रोकिएको र कोवाङ प्रहरी चौकीका इञ्चार्ज नेत्र जिटीसहितको ६ जनाको प्रहरी टोली घटनास्थल अवलोकन गर्न पुगेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार थासाङ–२ को हिम पहिरो जोखिम क्षेत्रका घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ । केही वर्षअघि सो क्षेत्रमा हिम पहिरो खस्दा थासाङ–२ क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको थियो । खर्कको चरनक्षेत्रमा रहेका याक, चौरीहरु समेत मरेका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४