Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ दिल्लीको हावाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २७ २०७८
  • 3K
    SHARES

एजेन्सी । नयाँ दिल्लीको हावाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब भएको भन्दै चेतावनी जारी गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले ४८ घण्टाका लागि हावाको गुणस्तर निकै गम्भीर बनेको बताएको हो ।

राज्य र स्थानीय निकायलाई आपत्कालीन उपाय लागू गर्न बोर्डको सुझाव छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई दिन घरभन्दा बाहिर ननिस्कन सल्लाह दिइएको छ ।

सीपीसीबीको बैठकले १८ नोभेम्बरसम्म मौसमको स्थिति प्रदूषणको फैलावटका लागि निकै प्रतिकूल रहने बताइएको छ । बोर्डले सरकारी र निजी कार्यालयका कर्मचारीलाई निजी परिवहनको उपयोग ३० प्रतिशतले कम गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै, खोकी, रुघा र छातीमा पीडा भएकाहरुलाई घरमा नै आराम गर्न सुझाव दिइएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा औसत एयर क्वालिटी इन्डेक्स ४ सय ७१ दर्ता गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४