Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश राणालाई प्रवेशमा रोक लगाउनेगरी आइतबार धर्ना दिन्छौं– अध्यक्ष श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २६ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेपाल बार एशोसिएसनले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी धर्ना दिने भएको छ ।

बारको आह्वानमा कानुन व्यवसायीहरूले शुक्रबार बिहान १० बजेदेखि दुई घण्टा सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर, प्रधानन्यायाधीश राणा वैकल्पिक गेटबाट अदालत प्रवेश गर्नुभएको थियो ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताउनुभयो । उहाँले न्यायालयको शाख जोगाउन प्रधानन्यायाधीशले राजीनामा दिनैपर्ने दोहोर्‍याउनुभयो ।

वरिष्ठ अधिवक्ता शम्भू थापाले प्रधानन्यायाधीश राणा अब प्रधानन्यायाधीश नरहेको टिप्पणी गर्दै बहिर्गमन भइसकेको जिकिर गर्नुभयो । थापाले सर्वोच्चको मूल ढोकाबाट छिर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुनसक्छ भन्दै प्रश्न गर्नुभयो ।

कानुन व्यवसायीले सर्वोच्च प्रवेशमा रोक लगाउनेगरी धर्ना दिएपछि प्रधानन्यायाधीश राणा महान्यायाधिवक्ताको कार्यालय नजिकको गेटबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो ।

प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा ताला लगाइएको छ । यो गेट प्रधानन्यायाधीश प्रवेश गर्दा र बाहिरिँदा मात्रै खुल्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४