काठमाडौं, । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मुलगेटमा धर्ना दिएको छ ।
बारका पदाधिकारीहरुलाई सर्वोच्च अदालत परिसरमै बिहीबार प्रहरी हस्तक्षेप गरेको विरोधमा शुक्रबार कानून व्यवसायीहरु धर्नामा बसेका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको नेतृत्वमा कानून व्यवसायी आन्दोलित छन् । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानून व्यवसायी उपस्थित छन् । सर्वोच्चको गेटमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।