Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनको तालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : सिटौला


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २४ २०७८
  • 9.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनलाई निर्धारित मितिमै सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा उनले महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताए ।

नेता सिटौलाले भने, ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरु सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रीय पदाधिकारी निर्वाचित गर्नु छ । अत्यन्तै छोटो कार्यतालिका छ । तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर ।’

उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाउन सफलता मिलोस् भन्ने कामना पनि गरे ।

‘स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रुपमा नेपाली कांग्रेसलाई उतार्नु छ’ उनले भने, ‘प्रतिस्पर्धापछि पार्टी भित्र गर्ने समर्पण र एकतामा पनि सफलता मिलोस् ।’

जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने पनि सिटौलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४