Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप सशक्त बनाउनुपर्छ’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २३ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । कानुनविद् र पूर्व न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलनका कार्यक्रम थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

संवैधानिक कानुन व्यवयसायी मञ्चले गरेको कार्यक्रममा उनीहरूले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुको विकल्प नरहेको बताउनुभएको छ । आफूमाथि यति धेरै आरोप लागिसकेको र प्रश्न उठिसकेपछि प्रधानन्यायाधीश राणाले राजीमान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले न्यायालय सुधार्ने अवसरबाट राणा चुकेको टिप्पणी गर्नुभयो ।

विगतका कमी कमजोरी सुधारेर अर्को व्यक्तिलाई हस्तान्तरण गर्नुको सट्टा राणाले पदको दुरुपयोग गरेको केसीको आरोप छ । उहाँले सर्वोच्चको नेतृत्वकर्ता न्यायालयको समाधान हुनुपर्नेमा प्रधानन्यायाधीश स्वयं समस्या बनेको जिकिर गर्नुभयो ।

लामो समयसम्म इजलास वहिष्कार गरिरहँदा न्यायाधीश र नेपाल बारमाथि नैतिक प्रश्न उठ्न सक्ने भन्दै केसीले राजीनामा दिन बाध्य बनाउने वातावरण निर्माण गर्न सुझाव दिनुभयो ।

यस्तै, पूर्वन्यायाधीश टोपबहादुर सिंहले प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन राजनीतिक दलहरू तयार नदेखिएको भन्दै बारलाई अडानमा कायम रहन र आन्दोलनलाई थप सशक्त बनाउन सल्लाह दिनुभयो ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश राणा राजनीतिक दलको संरक्षणमा रहेको दावी गर्दै महाअभियोग नलाग्ने ढुक्क भएपछि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएको बताउनुभयो ।

अधिवक्ता टीकाराम भट्टराईले संवैधानिक दायित्व समेत पूरा गर्न नसकेको जिकीर गर्दै राणालाई प्रधानन्यायाधीश पदमा रहिरहन नैतिक र संवैधानिक अधिकार नभएको बताउनुभयो ।

प्रधानन्यायाधीशको गैरन्यायायिक आचरणले गर्दा न्यायपालिका पतनको अवस्थामा पुगेको न्यायकर्मीहरूको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४