Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बारका अध्यक्ष श्रेष्ठको प्रतिक्रिया : सबै प्रकृतिका मुद्दाको पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २३ २०७८
  • 10.2K
    SHARES

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बन्दी प्रत्यक्षी करण बाहेकका मुद्दासहित पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै भएको बताएका छन् ।

प्रधानन्यायाधीस जबराले आजको पेसीमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेपछि अध्यक्ष श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘यो ठाउँबाट उहाँ हट्नुपर्छ । हट्नुहुन्छ । केही दिन निभ्न लागेको बत्ती जसरी बल्छ नि त्यही ढंगबाट गर्न खोजेको हुनसक्छ,’अध्यक्ष श्रेष्ठले भने ।

आफूहरू शान्तिपूर्ण आन्दोलनकै पक्षमा रहेको तर प्रधानन्यायाधीश जबराले भने न्यायपालिकामा विकृति अझै मौलाउन खोजेको उनको आरोप छ । ‘यो स्थितिले के देखाउँछ भने तिमीहरूले भनेर हुँदैन । मैले सिध्याउँछु भनेको हो’ उनले भने, ‘यो अवस्थामा सेवाग्राही र नागरिक समाज उत्रिन्छ । यो वस्थामा उहाँको कदम दर्दनाक बन्छ ।’

आन्दोलन सुरु भएपछि यसअघि जबराले बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेसी तोक्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४