Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवाद्वारा शंखधर साख्वाको शालिकमा माल्यार्पण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १९ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको थिमिमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वा शालिकमा माल्यार्पण गर्नुभएको छ ।

नेपाल संवत् ११४२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवत् सम्बन्धी मोबाइल एप्लिकेसनको शुरुवात पनि गर्नुभयो ।

कार्यक्रममा ईमेज ग्रूप अफ कम्पनिज एवं शंखधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शंखधर प्रतिष्ठानलाई शंखर साख्वाको २ किलोको चाँदीको प्रतिमा हस्तान्तरण गर्नुभयो । यो प्रतिमा शंखधर चोकमा रहेको संग्रहालयमा राखिने छ ।

यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शंखधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका पूव मेयर मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४