Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाम्रा चाडपर्व र परम्पराहरूले नेपाली समाजलाई सुदृढ बनाउँदै लगेको छ : राष्ट्रपति भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १९ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा चाडपर्व र परम्पराहरूले नेपाली समाजलाई सुदृढ बनाउँदै लगेको बताउनुभएको छ ।

नेपाल संवत् ११४२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गर्नुभएको हो ।

‘आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ। हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्‚’ राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनिएको छ, ‘सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गर्दछु ।’

राष्ट्रपति भण्डारीले नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने नेपालको मौलिक संवत् भएको बताउनुभयो । लिच्छवि राजा राघवदेवको समयमा काठमाडौं उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ । यसबाट उनले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुने राष्ट्रपति भण्डारीले बताएकी छन् ।

राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४