Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिभरपुल र आयाक्स च्याम्पियन्स लिगको नक आउट चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १८ २०७८
  • 6.1K
    SHARES

एजेन्सी । एथ्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा पुगेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुल २–० ले विजयी भयो ।

यो जितसँगै लिभरपुलले समूहका ४ खेलबाट १२ अंक जोड्दै नक आउट चरणमा आफ्नो स्थान पक्का ग¥यो । यो समूहमा ५ अंकसहित दोस्रो स्थानमा रहेको एफ.सी पोर्टोले गएराति एसी मिलानसँग १–१ गोलको बराबरी खेल्यो ।

गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डलाई ३–१ ले हराउँदै नेदरल्याण्ड्सको आयाम्स एम्सटरडम पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ । समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टीङले टर्कीको बेसिक्तासलाई ४–० ले हरायो ।

च्याम्पियन्स लिगका अन्य खेलहरुमा स्पेनको रियाल मड्रिडले युक्रेनको शख्तरलाई २–१ ले हराउँदा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले बेल्जीयमको क्लब ब्रुजमाथि ४–१ को जित निकाल्यो । गएराति फ्रान्सको पिएसजीलाई जर्मनीको आर.बी लाइप्जीगले २–२ गोलको बराबरीमा रोक्दा इटालीको इन्टरमिलानले मल्दोभाको शेरिफ तिरास्पोललाई ३–१ ले पाखा लगायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४