Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ पाउने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले आज विज्ञप्ति जारी गर्दै खुल्ला म्याराथनको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको हो । आयोजकले खुल्ला म्याराथनमा यो नै सर्वाधिक पुरस्कार राशी हुने दाबी गरेको छ ।

यस्तै दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्याराथनको अन्तराष्ट्रिय छाता एम्समा दर्ता गराउने योजना अनुसार पुरस्कार राशी १० लाख पुर्याउने लक्ष्य सहित अघि बढेको आयोजकले जनाएको छ ।

चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।

म्याराथनसहित १० किलोमिटर पुरुष तथा महिला, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टिविहिनको पुरस्कार राशीमा समेत वृद्धि हुने भएको छ । प्रतियोगिताको कुल खर्च ९३ लाख र आम्दानी १ करोड ५ लाख हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४