Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेमौसमी वर्षाको प्रभाव : चीनमा ‘पोर्क’ भन्दा साग महंगो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १६ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । चीन सरकारले मानिसहरूलाई अत्यावश्यक दैनिक उपभोग्य सामान सञ्चय गरेर राख्न भनेको छ ।

अस्वभाविक रुपमा भएको भारी बेमौसमी वर्षाका कारण तरकारीको मूल्य बढेको र आपूर्ति अभाव देखिएको हुनाले हिउँदमा आउन सक्ने संकट मध्यनजर गर्दै अत्यावश्यक दैनिक उपभोग्य वस्तु सञ्चय गरेर राख्न भनिएको रोइटर्सले जनाएको हो ।

सोमबार अबेर चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा स्थानीय अधिकारीलाई आपूर्ति तथा स्थिर मूल्य सुनिश्चित गर्नका लागि उपयुक्त कदम चाल्न भनिएको छ । त्यस्तै, आपूर्तिमा कुनै समस्या आउन सक्ने अवस्थाबारे पहिला नै सचेत गराउन समेत मन्त्रालयले अधिकारीलाई भनेको छ ।

चिनियाँ सरकारले सबैभन्दा ठूलो राष्ट्रिय पर्व नयाँ वर्ष (फेब्रुअरीको सुरुमा आउने लुनार न्यु यिअर) पूर्व नै ताजा तरकारी तथा बंगुरको मासुको आपूर्ति बढाउन थप कदम चाल्ने गर्छ । तर यो वर्ष भने आपूर्ति बढाउनका लागि बेलैमा कदम चाल्नुपर्ने अवस्था देखिएको छ ।

अक्टोबरको सुरुमा विषम मौसमका कारण तरकारी उत्पादन गर्ने मुलुककै ठूलो क्षेत्र शाङडोङमा बालीनालीमा भएको क्षति र उत्तर-पश्चिमदेखि उत्तर-पूर्वी क्षेत्रबाट कोभिड-१९ संक्रमण फैलिइरहेको अवस्थामा खाद्य आपूर्ति अबरुद्ध हुने अवस्था सिर्जना भएपछि सरकारले समयअगाडै सजगता अपनाएको हो ।

गत हप्ता काँक्रा, साग र ब्रोकाउलीको मूल्य अक्टोबरको सुरुमा कायम मूल्यभन्दा दोब्बरले बढेको थियो । पछिल्लो विवरण अनुसार शाङडोको प्रमुख व्यापारिक केन्द्र शोगुआङमा बंगुरको मासु (पोर्क) प्रति किलो २.६० अमेरिकी डलरमा किन्न पाइन्छ । तर सागको मूल्य बढेर सोभन्दा महंगो हुन पुगेको समाचारमा उल्लेख छ ।

केही समयअघि छापिएको ‘मासुभन्दा तरकारी महंगो’ भन्ने समाचारले धेरैको ध्यान तानेको थियो । कुनै-कुनै स्थानमा सागको मूल्य बढेर पोर्ककोभन्दा दोब्बर पुगेको छ । रिपोर्टअनुसार एक किलो सागको मूल्य बढेर ३५ युयान (५.५ अमेरिकी डलर) पुगेको छ । जबकि बंगुरको मासुको मूल्य २० युयानभन्दा कम रहेको छ ।

यसअघि समेत कुनै-कुनै तरकारी मासुभन्दा महंगो हुने गरेको थियो । प्राय: विषम मौसमका कारण उत्पन्न हुने समस्याका कारण तरकारीको मूल्य बढ्ने गर्छ । लामो समयसम्म राख्न नमिल्ने हरियो सागपात जस्ता तरकारीको मूल्य अन्य तरकारीको तुलनामा बेलाबेला बढेको पाइन्छ । तर यस्तो अवस्था छोटो समयमात्रै कायम हुने गर्छ ।

सोमबार सरकारी टेलिभिजनमा प्रसारित एक रिपोर्टअनुसार बढ्दो मूल्यवृद्धिसँग जुध्न चीनले सञ्चित गरेर राखिएको तरकारी ‘उपयुक्त समयमा’ बजारमा पठाउने तयारी गरेको छ ।

तर चीनले कुन-कुन तरकारी सञ्चित गरेर राखिएको छ र सञ्चित तरकारीको मात्रा कति छ भनेर प्रस्ट पारिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४