Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा र मोदीबीच आज भेटवार्ता हुँदै, जलवायु सम्मेलनमा विश्वका नेतासँग देउवाको अनौपचारिक भेट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १६ २०७८
  • 5.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डको ग्लास्गोमा औपचारिक भेटवार्ता हुँदैछ ।

यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । सम्मेलन उद्घाटनका क्रममा सोमबार दुबै नेताबीच अनौपचारिक भेटवार्ता भए पनि द्धिपक्षीय भेटवार्ता भने मंगलबार हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त बृटिश प्रधानमन्त्री बोरिस जोन्सन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्व नेताहरुसँग अनौपचारिक भेटघाट गर्नुभयो ।

कोरोना भाइरसको संकट हटिनसकेको सन्देश दिन नेताहरुले कुहिनो जोडाएर अभिवादन साटासाट गर्नुभएको थियो ।

सम्मेलनलाई प्रधानमन्त्री देउवाका अतिरिक्त अध्यक्षीय सम्बोधन बृटिश प्रधानमन्त्री जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री मोदी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, राष्ट्रसंघीय महासचिव गुटरेस लगायतले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनमा नेताहरुले विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा कायम राख्नुपर्नेमा जोड दिएका छन् । तस्वीरः भिष्मराज ओझा ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४