Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १५ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताएका छन् ।

सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।

निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा राजनीतिक तहमा चलिरहेको छ तर निर्वाचन आयोगसँग छलफल गर्न बाँकी नै रहेको अध्यक्ष प्रचण्डले बताए ।

‘राज्यलाई कम भार पार्ने, जनतालाई कम दुख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेश अनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने गर्‍यो भने धेरै चलखेल षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ’ अध्यक्ष प्रचण्डले भने ।

त्यस्तै तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताए । ‘यो दुईवटा विचारमा छलफल चलिरहेको छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४