Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चमा बारको प्रदर्शन: प्रधानन्यायाधीश राणाले राजीनामा निदँदासम्म नराेक्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १४ २०७८
  • 8.1K
    SHARES

काठमाडौं, कात्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बिरोध प्रदर्शन गरेका हुन् ।

बारका पूर्वअध्यक्ष शम्भू थापाले व्यक्तिको लागि बिरोध नभएर प्रवृत्तिमाथिको विरोध भएको बताउनुभयो । उहाँले न्यायपालिमा प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बार एशोसिएशनले चरणवद्ध आन्दोलन गर्ने बताउनुभयो । उहाँले कोर्ट बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कानून व्यवसायीहरुको बिरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धीकरणका लागि भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले गरेका कामहरु विधिवत नमिलेका ठाउँमा मिलाएर नलगे आन्दोलन थप चर्किने चेतावनी दिनुभयो ।

बिरोध प्रदर्शनमा अधिवक्ता ओमप्रकाश अर्यालले बारले अवज्ञा गर्दा पनि प्रधानन्यायाधीशले बेन्च तोक्नु गलत भएको बताउनुभयो । अधिवक्ता अर्यालले प्रधानन्यायाधीश राणाले समस्याको समाधान दिनेतर्फ चासो नदिँदा आन्दोलन थप चर्कने बताउनुभयो । उहाँले राणाको अटेरीपनले न्याय सम्पादनमा समस्या हुनुका साथै सेवाग्राही मर्कामा परेको टिप्पणी गर्नुभयो । उहाँले राणाको कार्यशैलीले खराब आचरणको पुष्टि भएकोसमेत बताउनुभयो ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एशोसिएशनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कात्तिक १४ देखि १७ गते सम्म कालोपट्टीसहितको बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४