Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निष्प्रभावी संसद : ‘हाँस न बकुल्ला’को चालमा सकियो नवौं अधिवेशन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १३ २०७८
  • 7.8K
    SHARES

काठमाडौं । संघीय संसदको नवौं अधिवेशन न हाँस, न बकुल्लाको चालमा सकिएको छ ।

यो अधिवेशनले न त कानुन निर्माणमा आफ्नो भूमिका निर्वाह गर्न सक्यो, न त जनजीविकाका सवालमा सम्झनलायक कुनै काम गर्‍यो । सांसदले हाजिर गर्ने, तलबभत्ता खाने, विपक्षी दलले सभामुख र सरकारलाई गाली गर्ने थलोको रूपमा मात्र संसद सीमित भयो ।

संघीय संसदको नवौं अधिवेशन भदौ २३ गते प्रारम्भ भएर कार्तिक ११ गतेसम्म जम्मा ५१ दिन चालु रह्यो । जसमध्ये १२ दिनमा १३ पटक बैठक बसेर जम्मा ५ घण्टा ४० मिनेट संसदीय कामकारबाहीमा व्यतित भयो । १४ औं बैठक असोज २९ गते बोलाइएको थियो । तर, त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गरिदियो ।

अधिवेशन अवधिभरका हरेक बैठक प्रमुख प्रतिपक्ष नेकपा एमालेको निशानामा परे । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले हरेक बैठक अवरुद्ध गर्‍यो । एमालेको संसद अवरोधकै कारण अधिवेशनको अवधिमा मुलुक केही दिन बजेटविहीन अवस्थामा पुग्यो । प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्षको बजेट पारित गर्नु नै यो अधिवेशनको एक मात्र उपलब्धि रह्यो ।

पहिलो बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश २०७८ पेश भए पनि छलफल हुनु अगावै सरकारले खारेज गरिदियो । अघिल्ला अधिवेशनबाट विभिन्न चरणमा रहेका ४२ वटा विधेयक प्राप्त भएका थिए । जसमध्ये प्रतिनिधिसभाबाट उत्पति संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव पारित भयो ।

यस्तै, राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधिन रहेको रेल्वे विधेयक,२०७६ फिर्ता लिने प्रस्ताव पारित भयो । यस अधिवेशनमा महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन,राष्ट्रिय दलित आयोगको प्रगति प्रतिवेदन,मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्‍यो ।

चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।

अघिल्लो सरकारले ल्याएका सामाजिक सुरक्षा, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन र नेपाल नागरिकता अध्यादेश लगायतका महत्वपूर्ण अध्यादेशहरू समयमै संसदको कामकारवाहीको प्रक्रियामा आउननसक्दा स्वतः खारेज भए ।

चालुअधिवेशनमा कुनै पनि नयाँ विधेयक पेश हुन सकेनन् विषयगत समितिबाट पारित भएका विधेयकहरू समेत संसदले किनारा लगाउन सकेन । अझै ४ दर्जन बढी विधेयकहरू विभिन्न चरणमा विचाराधिन अवस्थामा छन् । लामो समयसम्म संसदमा अवरोध रहे पनि अधिवेशन अवधिभर कुनै निकास निस्केन ।

संसद अवरोध हटाउन न त सरकार र न सभामुखले नै प्रभावकारी कदम चाल्न सके न विपक्षी दल एमाले नै जिम्मेवार बन्यो । संसद अवरोध हटाउन आवश्यक कदम चाल्नुपर्ने सभामुख विपक्षीको अवरोधकाबीच पनि कार्यसूची अगाडी बढाइरहनुभयाे । एकपछि अर्को गरी संसदका अधिवेशन निष्प्रभावी हुन थालेपछि संसदप्रति नै बितृष्णा निम्तिने खतरा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४